कस्तो रहला आजको मौसम ? – Janadesh Daily | ePaper

कस्तो रहला आजको मौसम ?


जनादेश संवाददाता । हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू–भागहरूका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्