पशुपतिनाथको जलहरीसँगै ३१ रोपनी जग्गाबारे पनि छानबिन गरौँ : अजयबाबु शिवाकोटी – Janadesh Daily | ePaper

पशुपतिनाथको जलहरीसँगै ३१ रोपनी जग्गाबारे पनि छानबिन गरौँ : अजयबाबु शिवाकोटी


जनादेश , काठमाडौँ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको जलहरिसँगै ३१ रोपनी जग्गा अपचलन सम्बन्धी छानबिन गर्नुपर्ने बताएका छन् ।

Journo who broke 'rape news' gets threats - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

गोठाटारमा रहेको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर भागबण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएको शिवाकोटीको आरोप छ ।
‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौँ,’ उनले भनेका छन्, ‘जलहरीको कुरा संसद्सँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ । यही बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर  भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएका छन्।’
पशुपतिनाथको जग्गा अपचलन गरेर खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारीविरुद्ध तत्काल छानबिन हुनुपर्ने उनको भनाई छ। साथै, कारबाहीका लागि दबाब दिन पनि उनले आग्रह गरे ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्