जलहरीबारे एमालेसँग सहमति, प्रधानमन्त्रीको सम्बोधनसँगै संसद खुल्ने – Janadesh Daily | ePaper

जलहरीबारे एमालेसँग सहमति, प्रधानमन्त्रीको सम्बोधनसँगै संसद खुल्ने


जनादेश संवाददाता । पशुपतिनाथमा सुनको जलहरी हाल्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आशंका गरी सत्ता पक्षका सांसदले प्रतिनिधि सभाको बैठकमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउने सहमति भएको छ।

No description available.

आज बिहान सिंहदरबारमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच उक्त सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले सञ्चारकर्मीलाई जानकारी दिए।

साथै जलहरी हाल्ने काम पशुपति विकास कोषको भएकाले त्यसमा सुन हालियो कि पित्तल भनेर हेर्ने जिम्मा उसैको हुने र यसमा तत्कालीन प्रधानमन्त्री ओलीको कुनै संलग्नता नहुने कुरामा तीन दलका शीर्ष नेताबीच सहमति भएको उनले बताए।

यस विषयमा आज संसद्‌मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति पनि भएको गिरीले बताए।

‘पशुपति विकास कोषले त्यस (जलहरी) को निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति विकास कोषको हो, सरकारले बजेट छुट्याइदिने हो। यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै प्रकारको पनि संलग्नता छैन’, गिरीले भने, ‘त्यो कुरालाई चाहिँ हामीले गलत नै भनेर जानुपर्छ। यसमा सत्यता छैन भनेर प्रधानमन्त्रीज्यूले संसद्ंमा सम्बोधन गर्ने, त्यो कुरा रेकर्डबाट हटाउने सहमति नेताहरुबीच भएको छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्