प्रचण्डले दिए जवाफः सरकारको नीति तथा कार्यक्रम पारित – Janadesh Daily | ePaper

प्रचण्डले दिए जवाफः सरकारको नीति तथा कार्यक्रम पारित


जनादेश वाच।

सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। शनिबारसम्म यस कार्यक्रममाथि छलफल भइरहेको थियो। छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए।

नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। केही सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन्। तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए। यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदैछ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्