उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले यसरी संझीए कृष्णसेन ‘इच्छुक’लाई – Janadesh Daily | ePaper

उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले यसरी संझीए कृष्णसेन ‘इच्छुक’लाई


जनादेश संवाददाता। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले कृष्णसेन इच्छुक एक इमान्दार, सच्चा राजनीतिज्ञ, पत्रकार र सांस्कृतिक अभियन्ता भएको बताए । प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्णसेन स्मृति दिवससमारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मैले रोल्पामा हाई स्कुल पढदै गर्दा उहाँ प्युठानमा हुनुहुन्थ्यो । पछि दाङमा झुर्न भो । म छिपछिपे कम्प्युनिष्ट हुँदाको बखत पात्रचारबाट हाम्रो चिनजान र मित्रता भएको हो महराले भनेका छन ।

साथै उहाँ र म रोल्पाको सबै डाडा काडा घुमेका छौ । राल्पामा बस्दै गर्दा हामीले पाटी पनि बनायौ । त्यतिबेला चितवनमा भएको पटी सम्मेलनमा रोल्पाबाट कमल रोका, तेजमान घर्ति, उँहा र म चितवन आएका थियौ । दृढं विचार र निष्ठा उहाँको विशेषता थियो महराले भनेका छन् ।

साथै उनेले भनेका छन कृष्णसेन इच्छुक असाथ्यै मिलनसार, मिदुभाषी र निष्ठावान व्यक्ति हुनुहुन्थ्यो । हामीसबैले उहाँले अंगालेको महान विचार र आस्थालाई अंगालेर अगाडि बढयौं भने उँहालाई न्याए हुन्छ ।

उहाँ साहित्यकारमात्र होइन । सच्चा क्रान्तिकारी नेता, सास्कृतिक्रमी र सफल पत्रकार पनि हुनुहुन्थ्यो । उहाँको योगदानको पाटी र नेपाली जन्ताले सधै उच्च कदर गरेको र सधै गरिरहने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्