सरकारले भन्यो: रेशम चौधरीलाई कानुनबाहिरबाट माफी दिएका छैनौँ – Janadesh Daily | ePaper

सरकारले भन्यो: रेशम चौधरीलाई कानुनबाहिरबाट माफी दिएका छैनौँ


सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

चौधरीलाई कानुनअनुसार नै माफी मिनाहाका लागि सिफारिस भएको सरकारले जनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डिल्ली बजार जेलमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रेशमको बाँकी सजाय माफी दिने निर्णय गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रष्टीकरण दिएकी हुन्।

‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ। हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन’, उनले भनिन्, ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्