चीनमै बनेको सी-९१९ विमानको व्यावसायिक उडान सुरु – Janadesh Daily | ePaper

चीनमै बनेको सी-९१९ विमानको व्यावसायिक उडान सुरु


लामो अनुसन्धान, विकास र परीक्षणपछि चीनको पहिलो स्वदेशी यात्रुवाहक जेट सी-९१९ जहाजले व्यावसायिक उडान सुरु गरेको छ।

आइतबार ‘चीन इस्टर्न एयरलाइन्स’को उक्त विमान १२० यात्रु बोकेर उक्त न्यारोबडी बिमान सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान १०:४५ बजे सांघाई होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज दिउँसो १:१० बजे बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने बताइएको छ।

विमानले उद्घाटन उडानका लागि आवेदन दिएकामध्येबाट १२० यात्रु छनोट गरेको थियो।

एकल आइसल, ट्विन इन्जिन एयरक्राफ्ट रहेको ३८.९ मिटर लामो र ११.९५ मिटर अग्लो यस जहाजको १६४ सिट क्षमता रहेका छन्। चीनले यस जहाजको परीक्षण उडान सन् २०१७ मा गरेको थियो। चीन इस्टर्न एयरलाइन्सले व्यावसायिक उडानका लागि उक्त जहाज खरिद गरेको थियो। चीनको व्यावसायिक विमान निगम (कोम्याक)ले बनाएको उक्त जहाज २०२२ डिसेम्बरमा कम्पनीलाई हस्तान्तरण गरिएको थियो।

यसले विश्वका प्रमुख दुई विमान निर्माता एयरबस र बोइङसँग प्रतिस्पर्धा गर्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्