१७ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६३ करोड – Janadesh Daily | ePaper

१७ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६३ करोड


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.३८ अंकले घटेर एक हजार ९४१.७४ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३९, होटल तथा पर्यटन ११०, जलविद्युत् ९, जीवन बीमा १९०, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २५३, व्यापार २ र अन्य उपसमूह १७ अंकले घटेको छ। यस्तै, उत्पादन उपसमूह भने ४९ अंकले बढेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज युनियन इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्