टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित – Janadesh Daily | ePaper

टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित


मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।
त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६,  सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् ।
बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्