गणतन्त्र दिवसको अवसरमा राप्ती इन्जिनियरीङ कलेजमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न – Janadesh Daily | ePaper

गणतन्त्र दिवसको अवसरमा राप्ती इन्जिनियरीङ कलेजमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न


जनादेश संवाददाता, दाङ । राप्ती इन्जिनियरीङ कलेज घोराही १६, दाङमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ ।

May be an image of 5 people, people studying, people smiling and text

राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि वक्तृत्व कला आयोजना गरिएको बताए । यस कलेजमा अध्ययनरत प्रि—डिप्लोमा, डिप्लोमा तथा व्याचुलर तर्फका विद्यार्थीहरुको लागि तह अनुसारको विद्यार्थीहरु मुल्याङ्कन गरी विद्यार्थीहरुमा भएको प्रतिभालाई निखरता ल्याउनमा सहयोग पुग्ने करामा जोड दिए ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुको लागि विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका सार्थकता बनाउन सकेमा मात्र समग्र शिक्षण सिकाईलाई अझ प्रभावकारी ढङ्गले लैजान सकिने भन्दै डा. गिरीले एक सफल विद्यार्थी हुनका लागि कलेजलाई राम्रा तथा नराम्रा विषय वस्तुको बारेमा जानकारी गराउनु पर्ने, शिक्षकले विषय वस्तु तथा समयानुकुल अनुसारका शिक्षामा जोड दिनुपर्ने तथा अभिभावकहरुले सम्पूर्ण कार्यको रेखदेख गर्न सकेमा मात्र शिक्षण सिकाईलाई गुणस्तरिय शिक्षा तर्फ उन्मुख बनाउन सकिने कुरामा जोड दिएका थिए ।

May be an image of 4 people, people smiling, people studying and text
प्रतियोगितामा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए आठाँै सेमेष्टरमा अध्ययनरत मोनिका धिताल प्रथम, विसिए तेस्रो सेमेष्टरमा अध्ययनरत जगत महतरा द्धितिय र विई सिभिल चौथो सेमेष्टरमा अध्ययनरत शक्तिसिंह रोकाय तृतिय स्थान हासिल गरेका थिए ।

May be an image of 4 people, people smiling, people studying and text

उक्त कार्यक्रममा सिटिईभिटी अन्तर्गत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत हरि प्रसाद थारु प्रथम, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत चन्द्रमाया बाठा मगर द्धितिय र डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत शिव बुढाथोकीले तृतिय स्थान हासिल गरेका थिए ।

May be an image of 5 people, people studying, people smiling and text

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु ५००।– र प्रमाणपत्र, द्धितिय स्थान हासिल गर्नेलाई नगद रु ३००।– र प्रमाणपत्र तथा तृतिय स्थान हासिल गर्नेलाई रु २००।— र प्रमाणपत्र प्रदान गरिएको थियो ।

May be an image of 6 people, people smiling, people studying, hospital and text

उक्त प्रतियोगितामा निर्णयकको रुपमा कलेजका एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई. बाबुराम जोशी, विई सिभिलका शिक्षक तिलक राज अधिकारी र प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ प्रशिक्षक सुभाष खड्का रहनुभएको थियो भने समय सचुकमा ई.सर्मिला दहित रहनु भएको थियो ।

May be an image of 5 people, dais and text

सोे कार्यक्रमको सहजीकरण कलेजका आईटी विभाग प्रमुख विश्वबन्धुथापाले गर्नुभएको थियो । कलेज यस भन्दा अगाडि पनि विभिन्न खालका कार्यक्रम गदै आएको छ ।

May be an image of 5 people, people studying and text

May be an image of 5 people, people studying, speaker, dais and text

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्