मौसम प्रक्षेपणः यस वर्ष ढिलो गरी मनसुन भित्रिने विज्ञहरूको अनुमान – Janadesh Daily | ePaper

मौसम प्रक्षेपणः यस वर्ष ढिलो गरी मनसुन भित्रिने विज्ञहरूको अनुमान


जनादेश वेदर वाच।
नेपालमा यस वर्ष ढिलो गरी मनसुन भित्रिने पूर्वानुमान गरिएको छ । अहिले भारतमै मनसुन प्रवेश नगरेकाले नेपालमा ढिलो गरी प्रवेश गर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

भारतमा भित्रिएको करिब एक सातापछि मात्रै मनसुन नेपाल प्रवेश गर्छ ।

“मौसमका बारेमा धेरै दिनअघि नै यस्तै हुन्छ भनेर अनुमान गर्न कठिन त हुन्छ । तर, तत्कालै नेपालमा मनसुन भित्रने अवस्था देखिँदैन,” प्रधानाङ्गले भने ।

उनका अनुसार नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ भने अक्टोबर २ मा बाहिरिन्छ । “अहिलेसम्मको अनुमानानुसर यसपटक सरदर मितिभन्दा केही ढिलो मनसुन भित्रने देखिन्छ,” उनले भने । नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रने गर्छ । क्रमश: पश्चिम पुगेर फेरि फर्केर पूर्वी भेगबाटै बाहिरिने छ ।

मौसमविद्ले यसपटक मनसुनमा सरदरभन्दा कम वर्षा हुने पनि अनुमान गरेका छन् । यसपटकको प्रिमनसुनमा भने अधिकांश स्थानमा सरदर आसपास वर्षा भएको छ ।

मौसमविद्का अनुसार मनसुनको खास प्रकृति लामो समय पानी (झरी) पर्ने हो । तर, केही वर्षयता फरक भएको छ । मार्च, अप्रिल र मे गरी तीन महिनाको अवधिलाई प्रिमनसुन मानिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्