नागरिकता विधेयक प्रमाणीकरणबारे एमालेको असन्तुष्टि – Janadesh Daily | ePaper

नागरिकता विधेयक प्रमाणीकरणबारे एमालेको असन्तुष्टि


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गलत तरिकाबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । यसपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भनेका छन्, “नागरिकता विधेयक गलत प्रकियाबाट प्रमाणीकरण गरियो । यसमा हामी दुखी छौँ ।”

त्यसअघि उनले भने, “यो पहिल्यै हुनुपर्ने विषय हो । तर, अहिले जुन प्रक्रियाबाट प्रमाणीकरण गरियो, त्यो प्रक्रिया नै गलत भयो ।” उनले म्याद नाघिसकेको विधेयक पारित गरेको टिप्पणी गरेका छन् । “अहिले मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्‍यो । र राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो । यहीँनेर संविधानप्रति भूल भयो । म्याद सकिएको विधेयक अचानक प्रमाणीकरण भयो भनेर उहाँहरू भन्दै हुनुहुन्छ,” उनले भनेका छन् ।

उनले संविधानको धारा ६१ र ६६ अनुसार विधेयक पारित गरिएको भनिएपछि त्यो धारा प्रमाणीकरण गर्ने कुरासँग आकर्षित नहुने बताउँछन् । “त्यसैले गलत बाटो अपनाइयो । छोटोमा भन्दाखेरि सार्वभौम संसद्स जनताको प्रतिनिधिमूलक संसद्‌को क्षेत्राधिकारमाथिको प्रहार हो,” उनले भनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्