सेयर बजारको ओरालो यात्रा, नेप्से ३८ अंकले घट्यो – Janadesh Daily | ePaper

सेयर बजारको ओरालो यात्रा, नेप्से ३८ अंकले घट्यो


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३८.८३ अंकले घटेर एक हजार ८४९.७९ विन्दुमा पुगेको छ ।

बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत् ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंकले घटेको छ ।

आज युनिलिभर नेपालको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६२ कम्पनीका ८७ लाख ३६ हजार कित्ता सेयर दुई अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्