हैदरावाद हाउसमा प्रचण्ड र मोदीको भेट, आजै अन्य उच्चस्तरीय भेट पनि – Janadesh Daily | ePaper

हैदरावाद हाउसमा प्रचण्ड र मोदीको भेट, आजै अन्य उच्चस्तरीय भेट पनि


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो ।

भेटवार्तामा महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यस्तै केही परियोजनाको उद्घाटनपछि पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यसूची छ ।

यसपछि प्रधानमन्त्री प्रचण्डको सम्मानका लागि भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् । प्रचण्ड त्यही सरिक हुनेछन् ।

यसपछि प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्