घोराही होलेरी र मुर्कुटी सडक खण्ड तत्काल मर्मत गरिने – Janadesh Daily | ePaper

घोराही होलेरी र मुर्कुटी सडक खण्ड तत्काल मर्मत गरिने


चन्द्रप्रकाश नेपाली

घोराही । शहिद मार्ग अन्तरगत घोराही होलेरी र मदन भण्डारी राजमार्गको घोराही मुर्कुटी सडक खण्डलाई तत्काल मर्मत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा प्रदेशका आन्तरीक मामिला न्याय तथा कानुन मन्त्री कुलप्रसाद केसी सहित सरोकारवालाहरुका बिचमा भएको बैठकले तत्काल घोराही होलेरी र घोराही मुर्कुटी सडक मर्मत गर्ने निर्णय भएको हो ।

दुबै सडकमा सिमेन्ट उद्योगहरुका दर्जनौ टिप्परहरु सञ्चालनमा रहेको र बर्षा कारण सडक जिर्ण भएकाले तत्काल पैदल यात्रु र सवारीका साधनलाई सहजरुपमा आवतजावत गर्न ग्राभेल गर्ने निर्णय भएको हो ।

जस अन्तरगत सडक निर्माणको जिम्मा लिएको कम्पनीले पहिरो पन्छाउने, जिल्ला प्रशासन, जिल्ला प्रहरीको समन्वयमा घोराही उपमहानगरपालिकाले ग्राभेल उपलब्ध गराउने निर्णय भएको छ । उद्योग खानीमा कच्चा पदार्थ लिन जाने टिप्परहरुले कम्तीमा चार ट्रिप ग्राभेल ढुवानी गर्न घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले आबस्यक सहजिकरण गर्ने निर्णय पनि भएको छ ।

उक्त ग्राभेल बिच्छाउनका लागि सम्वन्धित सडक आयोजना कार्यालयले प्राविधिक र यान्त्रीक उपकरणको व्यवस्था गर्नुपर्ने भएको छ ।

घोराही होलेरी र घोराही मुर्कुटी सडक मर्मतको अनुगमन र सहजिकरणका लागि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा समिति समेत गठन भएको छ । सडक मर्मतको काम तत्कालै सुरु गर्ने गरीने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभएको छ ।

घोराही होलेरी र घोराही मुर्कुटी सडक खण्ड पहाडी भेगमा भएका कारण बर्षा सँगै सिमेन्ट उद्योगका दर्जनौ टिप्परहरु चल्ने र क्षमता भन्दा धेरै कच्चा पदार्थ बोक्ने भएकाले सडक जिर्ण बनेको छ । छलफलमा पूर्ब सभामुख कृष्णबहादुर महरा, बंगलाचुली र रुण्टीगढी गाउँपालिकाका अध्यक्ष, रोल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित सिमेन्ट उद्योगका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्