१७ अंक घट्यो नेप्से, कारोबार रकम बढ्यो – Janadesh Daily | ePaper

१७ अंक घट्यो नेप्से, कारोबार रकम बढ्यो


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.३८ अंकले घटेर एक हजार ९०१.९९ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ५०, फाइनान्स १७, होटल तथा पर्यटन ३२, जलविद्युत ११, जीवन बीमा १२४, उत्पादन १२१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५७, अन्य २० र ब्यापार उपसमूह ३६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रिभर फल्स पावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७७ कम्पनीका ५६ लाख २० हजार कित्ता सेयर एक अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्