मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने पक्का – Janadesh Daily | ePaper

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने पक्का


जनादेश स्पोर्ट्स वाच।

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ।

मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ।

सात पटक विश्वकप उत्कृष्ट फुटबल खेलाडीका रुपमा बालोन डीओर जितेका मेस्सीले यसपटक पनि विश्वकप सफलताका कारण जित्ने सम्भावना छ।

अर्जेन्टिनाबाट किशोरावस्थामै बार्सिलोना आएका उनले आफ्नो करियरको अधिकांश समय ला लिगामै खेले। त्यसपछि सन् २०२१ मा उनी पीएसजी पुगेका थिए। उनी अर्को सिजन युरोपमै रहन चाहेको भए पनि सोचेजस्तो प्रस्ताव नआएको बताइएको छ। जसमा उनले साउदी क्लब अलहिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गर्दै अमेरिका पुगेका हुन्।

दुई सिजन उनी फ्रान्समा रहँदा दुबैमा पेरिस लिगवानको च्याम्पियन बनेको थियो। दुबै पटक च्याम्पियन्स लिगमा भने असफल भएको थियो। त्यसअघि २१ वर्ष बार्सिलोनामा रहेका उनले ६७२ गोल गरेका थिए। जसक्रममा १० लालिगा टाइटल, ४ च्याम्पियन्स लिग जितेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्