मन्त्रीमण्डल पुर्नगठनको तयारीमा प्रधानमन्त्री ओली – Janadesh Daily | ePaper

मन्त्रीमण्डल पुर्नगठनको तयारीमा प्रधानमन्त्री ओली


जनादेश, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको गृहकार्य अगाडि बढाएका छन् ।

आगामी एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने बताइएको छ । दुई बर्षको अवधिमा पनि राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई विदाई गरेर नयाँलाई अवसर दिने ओली र प्रचण्डबीच सहमति भएको जनाइएको छ ।

यस्तै, पार्टीभित्र जारी विवाद समाधानका लागि भोली बिहान नेकपाको सचिवालय बैठक बोलाइएको छ । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले माग गरे बमोजिम अध्यक्षद्धय केपी ओली र प्रचण्ड बैठक बोलाउन सहमति भएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्