रक्तदान गरी समाजिक उत्तरदायित्व पुरा गर्दै तेक्वान्दो संघ – Janadesh Daily | ePaper

रक्तदान गरी समाजिक उत्तरदायित्व पुरा गर्दै तेक्वान्दो संघ


चन्द्रप्रकाश नेपाली,

घोराही । दाङ जिल्ला तेक्वान्दो संघले आज घोराहीमा एक कार्यक्रम गरी रक्तदान गरेको छ । स्वाथ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा १० जना खेलाडिले रक्तदान गरका हुन् ।

संघको आयोजनामा कोरोना महामारीको अवस्थामा रगतको आपूर्तिमा कमि हुन नदिने उद्धेश्यले रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष बिष्णु अधिकारीले बताउनु भयो । रक्तदान नै जिवन दान भएको भन्दै आफुहरुले समाजिक उत्तरदायित्व पुरा गरेको उहाले बताउनु भयो ।

संघको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा राकेस परियार, प्रमोद चौधरी, तिलक पुनमगर, तिलक झाक्री, राजेन्द्र बिकले रक्तदान गर्नुभएको थियो । यस्तै बमबहादुर बिक, सुरज केसि, रेसम चौधरी, बिकास नेपाली लगायतका १० जना खेलाडीले रक्तदान गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले जनाकारी दिनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्