पार्टी एकताको रक्षा सुनिश्चित भएको छ : प्रवक्ता श्रेष्ठ – Janadesh Daily | ePaper

पार्टी एकताको रक्षा सुनिश्चित भएको छ : प्रवक्ता श्रेष्ठ


जनादेश, काठमाडौँ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न गठित कार्यदलबारे भ्रम सिर्जना नर्गन आग्रह गरेका छन् ।

उनले दुई अध्यक्षका निर्णयबाट गठन भएको कार्यदलप्रति श्रेष्ठसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले असहमति रहेको कुराको खण्डन गरेका छन् । श्रेष्ठले भनेका छन्, ‘यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।’

कार्यदलले कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि पार्टी र सरकारलाई सुझाव दिने उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्