सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक – Janadesh Daily | ePaper

सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक


चन्द्रप्रकाश नेपाली,

घोराही । सडक तत्काल मर्मत गर्नुपर्ने माग गर्दै स्थानियहरुले घोराही र सोनापुर सिमेन्ट उद्योगको खानी क्षेत्र जाने सडक अबरुद्ध गरेका छन् । मदन भण्डारी राजमार्ग अन्तरगत घोराही तापा सडकको हर्नोकमा स्थानियहरुले सडक अबरुद्ध गरेका हुन् ।

सडक हिलाम्य भएको, जोखिमपूर्ण भएको र टिप्परहरुले सडक क्षतविच्छेद पारेको भन्दै स्थानियहरुले सडक मर्मतको माग गर्दै टिप्पर सञ्चालनमा रोक लगाएका हुन् ।

निर्माणाधीन अबस्थामा रहेको मदन भण्डारी राजमार्गमा अहिले विभिन्न ठाउँमा पहिरो खसेको र पैदल हिड्न नसक्ने गरी सडक हिलाम्य भएपछि तत्काल मर्मत गर्नुपर्ने माग स्थानियहरुले गरेका हुन् ।

बाटो बनाउ र गाडी चलाउ, सडक मर्मत नगरे सम्म सिमेन्ट उद्योगका गाडीहरु चल्न पाउने छैनन् भन्ने पर्चाहरु ड्रममा टाँसेर स्थानियहरुले सडक अबरुद्ध गरेका हुन् ।

घोराही देखी करिब २४ किलो मिटरको दुरीमा रहेका घोराही र सम्राट सिमेन्ट उद्योगको चुन ढुंगाखानीमा दैनिक एक सय ५० बढी टिप्परहरु ओहोरदोहोर गर्दै आएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका विच हिजो भएको छलफलले तत्कालै सडक ग्राभेल गर्ने निर्णय भएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्