बर्दियामा निषेधाज्ञा पाँच दिन थप – Janadesh Daily | ePaper

बर्दियामा निषेधाज्ञा पाँच दिन थप


राजापुर,

बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बैठकले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने, शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, सेमिनार, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्