बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयार – Janadesh Daily | ePaper

बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयार


गलेश्वर,

बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरु गरेको हो । पुस्तक १०० पूर्णाङ्कको रहेको छ ।

नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताउनुभयो ।

आगामी वर्ष क्रमशः कक्षा २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ । बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन् ।

स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसको जोखिमले विद्यालयमा पठनपाठन बन्द भएको अवस्थामा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्ने गरी आवश्यक योजना बनाउनसमेत निर्देशन दिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्