वाणिज्य विभागका नासु घुससहित पक्राउ – Janadesh Daily | ePaper

वाणिज्य विभागका नासु घुससहित पक्राउ


काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिँदालिँदै आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई पक्राउ गरेको छ ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीबाट उक्त रकम घुस लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्