आठ फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

आठ फरार प्रतिवादी पक्राउ


जनादेश कर्णाली,

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ । प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी दुई जना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले छ महिनाको कारागारको सजाय फैसला सुनाइएको लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता बाँस्तोलाले बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ । उहाँका अनुसार दुई वर्ष छ महिना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्