जनकल्याण कर्णालीको उत्कृष्ट सहकारी घोषित – Janadesh Daily | ePaper

जनकल्याण कर्णालीको उत्कृष्ट सहकारी घोषित


कर्णाली,

जनकल्याण बचत तथा ऋण सहकारी संस्था यस वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ । सुर्खेतको वीरेन्द्रनगर –१ मा रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो ।

नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ । आफ्नो ३३ औंँ स्थापना दिवसका अवसरमा यस पटक सो संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो । गत वर्ष जिल्लाको उत्कृष्ट घोषणा भएको जनकल्याण यस वर्ष भने प्रदेशस्तरमै उत्कृष्ट हुन सफल भएको छ ।

विसं २०५२ मा स्थापित जनकल्याणले निरन्तर रूपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाका दुई हजारभन्दा बढी सदस्य तथा कूल पूँजी रु १६ करोड छ ।

संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको बताउनुभयो । उहाँका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ र रेमिट्यान्स सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्