ताजाँकोटका बाढीपीडितको बास पालमुनि – Janadesh Daily | ePaper

ताजाँकोटका बाढीपीडितको बास पालमुनि


सिमकोट,

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाका बाढीपीडितको पालमुनिको बास भएको छ । गत साउन ३१ गते गएको बाढीपहिराबाट विस्थापन भएपछि ताजाँकोट वडा नं ३,४ र ५ का बासिन्दा अहिले पालमुनि बस्दै आएका छन् ।

गत साउनको अन्तिमतिर लगातार परेको अविरल वर्षाका गाउँपालिकामा मात्रै तीन सय घरपरिवार विस्थापन भएको तथा दर्जनौँ घर भत्किएको ताजाँकोटबाट गोपाल बुढाले जानकारी दिनुभयो ।

छप्रेलाबजारका घर, होटेल र पसल गरी २० घरधुरी र गाउँपालिका कार्यालयसमेत पहिराको जोखिममा रहेको वडा नं ४ का वडाध्यक्ष प्रशान्त धमलाले बताउनुभयो । बाढीपहिराले घर भत्किएपछि अहिले त्यहाँका बासिन्दा हेलिप्याडको चौरमा पाल टाँगेर बस्दै आएका छन् ।

छप्रेलामा जताततै बाढीपहिरो गएका कारण पीडितलाई बास बस्ने ठाउँको समस्या भएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले बताउनुभयो । बाढीपहिराले त्यस क्षेत्रका खेतबारीका धान, कोदो, चिनो लगायत बालीनालीसमेत बगाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्