घिमिरेकाे निधनले राष्ट्रलाई ठूलाे क्षति पुगेकाे छ: महरा – Janadesh Daily | ePaper

घिमिरेकाे निधनले राष्ट्रलाई ठूलाे क्षति पुगेकाे छ: महरा


जनादेश काठमाण्डौ,

पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधन प्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

महराले घिमिरेकाे निधनले राष्ट्रलाई ठूलाे क्षति पुगेकाे उल्लेख गर्दै नेपाली साहित्य जगतकाे विकासमा अतुलनीय याेगदान रहेकाे बताउनु भएकाे छ ।

महराले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ । ” नेपाली साहित्य जगतका अग्रणीय व्यक्तित्व राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे निधनले अत्यन्त मर्माहत भएकाे छु । नेपाली साहित्यकाे विकासमा घिमिरेकाे याेगदान अतुलनीय रहेकाे छ ।

जीवनकाे अन्तिम क्षणसम्म आफ्नो कर्ममा निरन्तर खटिरहनुभएका घिमिरेकाे निधनले राष्ट्रलाई ठूलाे क्षति पुगेकाे छ । घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा गहिराे समवेदना !”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्