घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छःगौतम – Janadesh Daily | ePaper

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छःगौतम


काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।

नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उहाँ आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उहाँप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उहाँको निधनले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्