कोरोनासँग भिड्दै जिउने कला सिकौँ : मन्त्री घिमिरे – Janadesh Daily | ePaper

कोरोनासँग भिड्दै जिउने कला सिकौँ : मन्त्री घिमिरे


झापा,

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको जनाउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभयो ।

झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘परिवर्तनका पाइलाहरु’ पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले जीवन शैलीमा परिवर्तन ल्याउन जनसमुदायलाई आह्वान गर्नुभयो ।

मन्त्री घिमिरेले सरकारले कोभिड–१९ नियन्त्रणका लागि अनेकौँ उपाय अपनाउँदासमेत समस्यामा कमी नआएको बताउँदै भन्नुभयो, “अब व्यक्तिले नै म कसरी बाँच्ने र मेरो परिवार, समुदायलाई कोभिड–१९ बाट कसरी जोगाउने भन्नेबारेमा लाग्न जरुरी छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्