प्रहरी नायब उपरीक्षकसहित सात जनामा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

प्रहरी नायब उपरीक्षकसहित सात जनामा कोरोना सङ्क्रमण


लहान,

सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताउनुभयो । यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसक्नुभएको छ ।

कोरोना सङ्क्रमणबाट सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुई जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्