स्वास्थ्यका साथै आर्थिक मापदण्ड पनि चाहियो – Janadesh Daily | ePaper

स्वास्थ्यका साथै आर्थिक मापदण्ड पनि चाहियो


विनाय शाह नेपालका चर्चित उद्योगी व्यवसायी हुन् । हाल नेपाल होटल व्यवसायी संघसँग आवद्ध उनी वरिष्ठ उपाध्यक्ष छन् । प्रस्तुत छ कोरोना महामारीका बेला गरिएको सटडाउनको विषयलाई लिएर जनादेश संवाददातासँग गरिएको कुराकानीको सारसंक्षेप: 

१. शट डाउनले होटल व्यवसायमा कत्तिको असर पारेको छ ?

चाहेको होइन, तर बन्दको सन्देश गएको देखिन्छ । होटल व्यवसाय चलिरहेकै छन् । होम प्याकिङ र डेलिभरी चलिरहेको छ । काम एकातिर हुन्छ, हल्ला अर्कोतिर भएको देखियो । होटल चलाउन नचाहनेले बन्द गर्न सक्छन् तर चलाउन चाहनेले खोलेर निरनतर सेवा दिइरहेका छन् । सरकारले एक्कासी शटडाउन गर्ने निर्णय गरेपछि केही आश्चर्य त लागेको छ । तर महामारीको संक्रमण पनि कम छैन । होटलबाट ‘टेक अवे’ होम डेलीभरी चालु छ ।

२. भदौ १५ गतेदेखि शटडाउन खुल्ला गरिने भनिएको छ नि ?

देश सञ्चालनको जिम्मा सरकारको हो । होटल व्यवसाय सञ्चालनको जिम्मा हाम्रो हो । सरकारले खोल्न भनेपछि खोल्यौं, शटडाउन गर्न भनेपछि शटडाउन गरेका छौँ । सरकारी नीति नियमको पालना हामी सबैको कर्तव्य हो । कोरोना महामारीको संक्रमणको पनि बढ्दै गएको छ । समस्या बिकराल हुँदै छ । नागरिकको जीउज्यानको रक्षाको सवाल छ । हामीले सरकारी अभियानमा साथ दिनैपर्छ, दिएका छौं ।

३. होटल व्यवसायी संघ (हान) को संस्थागत निर्णय केही छ ?

हाम्रा आफ्ना सोच र भनाइ त हुने नै भए । व्यवहारमै हेरौं न त । हाम्रो छिमेकी देश भारतमा दैनिक ६० हजार कोरोना संक्रमित हुन्छन् । तर यसैलाई कारण देखाएर आन्तरिक हवाइ उडान, यातायात र आवतजावतमा प्रतिबन्ध लगाइएको छैन । त्यहाँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय एयरपोर्ट खुल्ला राखिएका छन् । कोरोना संक्रमणको प्रभाव लामो समयसम्म रहने देखिन्छ । यसबारेमा यतिउति भनेर समय किटान गर्न सकिने संभावना नै छैन । होटल व्यवसाय ६ महिनादेखि थिलथिलो परिरहेको छ ।

४. कर्मचारी तथा कामदार कसरी पाल्नु भएको छ ?

कर्मचारी तथा मजदुर सबैलाई बोलाइ सकिएको छ । उनीहरुलाई मासिक तलब उपलब्ध गराउनु पर्छ । उनीहरुका पनि आफ्नै मागहरु छन् । पाँच महिनादेखि कमाइ नै छैन । यो समस्या होटल व्यवसायीको मात्र होइन, देशको आर्थिक गतिविधि नै ठप्प भएको छ ।

५. हो, देशको अर्थतन्त्र त डुब्न थाल्यो त ?

देशका नागरिक रोगले भन्दा पनि भोकले मर्न थालिसके । देशको अभिभावक हो सरकार । सरकारले दुईधारे नीति ल्याउनु पर्छ । कोरोनाबाट जनतालाई बचाउनु पनि पर्यो, आर्थिक गतिविधि पनि सञ्चालन गर्न दिनु पर्यो । महामारीसम्बन्धी मापदण्ड त तयार गरेर लागू गरिएको छ, तर त्यसको निरीक्षण र अवलोकन पनि हुनुपर्छ । मापदण्डको मूल्यांकन हुनु पनि पर्यो ।

६. कसरी हुनु पर्छ त्यो मूल्यांकन ?

कार्यान्वयन पक्षलाई गम्भीरताका साथ हेरिनु पर्छ । सचेततापूर्वक कडाइ गरिनुपर्छ । सरकारले खुला गर्ने मापदण्ड तोकिसकेपछि हामीले साउन १५ बाट होटल व्यवसाय खोल्यौँ । आवश्यक मापदण्ड पुर्यायौँ । तर, सरकार अनुगमनमै आएन । उल्टै एक्कासी शटडाउनको निर्णय गर्यो । यो असंगतिपूर्ण भयो । हामीहरुले होटल व्यवसाय मापदण्ड अनुसार सञ्चालनमा ल्याउन ठूलो मेहनत गर्यौं । आवश्यक औजार किन्यौ, औषधि किन्यौ, आवश्यक दूरी अनुसारको व्यवस्थापन मिलायौँ, कर्मचारीलाई तालिम दियौँ ।

७. शटडाउन नगरेको भए हुने थियो ?

साचेर गरेको भए हुने थियो । एक्कासी शटडाउन गर्ने निर्णय गर्दा आश्चर्यमा परियो । हामीले गरेको तयारी खेर गयो । अनुगमन भएन, ख्याल ठट्टाजस्तो भयो । पालना गरे/नगरेको हेर्नु पर्दथ्यो । मापदण्ड पालना गरेकालाई होटल सुचारु गर्न दिइनु पर्दथ्यो । संसार यसरी चलिरहहेको छ । हामीलाई व्यवसाय गर्नबाट नरोक्नु उत्तम हुने थियो ।

८. व्यवसायप्रति सरकार गैरजिम्मेवार हुन खोजेको त होइन ?

होला पनि, आन्तरिक विवाद र भागबण्डाको कुरा होला । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री को हुने भन्ने पनि होला । तर नेताहरुको खिचलोले देश र देशका नागरिकले दुःख पाउनु कदापि राम्रो होइन । सरकारकै गतिविधि हेरौं न, एरपोर्टमा चार्टर फ्लाइट आइरहेको छ । चार्टर्ड फ्लाइटले सामान्यभन्दा चार गुणा बढी भाडा लिन्छ । त्यो महंगो फ्लाइटले कोरोना ल्याउँदैन र ? त्यसो भए सस्तो फ्लाइट किन रोक्ने ?

९. निजीक्षेत्रको वेवास्ता भएकै हो सरकारबाट ?

के भनौं, खोई ? निजी क्षेत्रलाई साथ सहयोग लिएर अघि बढेन भने सरकार टिक्ने संभावना छैन । नेपालजस्तो विकासशील देशको अर्थतन्त्र टिक्ला कसरी ? होला, राजनीतिक, भूराजनीतिक, सांस्कृतिक वा विभिन्न कुरा होलान् तर निजी क्षेत्रको साथ र सहयोगविना आर्थिक क्रियाकलाप कसरी अघि बढ्ला ? सरकारले गर्ने काम भनेको टिमवर्कमा हो । सरकारले स्वास्थ्यक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्