लिवर्टी इनर्जीको साधारण शेयर बिक्री शुरु – Janadesh Daily | ePaper

लिवर्टी इनर्जीको साधारण शेयर बिक्री शुरु


काठमाडौँ,

लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि रु ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ ।

कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी रु एक अर्ब ५० करोड र चुक्ता पूँजी रु एक अर्ब १२ करोड ५० लाख छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिनुभयो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्