राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ – Janadesh Daily | ePaper

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ


जनादेश, काठमाडौं :

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

घिमिरेको पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।अन्त्येष्टिमा घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् ।  घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो । बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

उनको जन्म लम्जुङको पुस्तुन गाउँमा १९७६ असोज ७ गते भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्