विवादित लोगो फिर्ता गरी संघीय संसदले पठाएको लोगो बनाइँदै – Janadesh Daily | ePaper

विवादित लोगो फिर्ता गरी संघीय संसदले पठाएको लोगो बनाइँदै


जनादेश, काठमाडौं :

संघीय सरकारका सबै प्रतिनिधिलाई उपलब्ध गराउने भनी संघीय सरकारले बनाएको लोगोको चौतर्फी विरोध भैरहेका बेला संसद सचिवालयले उक्त लोगो पुनः परिवर्तन गर्न भन्दै फिर्ता गरिदिएको छ । लोगो निर्माण गर्ने नाममा नेपालको नक्सा र झण्डा भद्दारुपमा राखिएको छ ।

यसभन्दा अघि निर्माण गरिएको लोगोमा ‘संघीय’ भनी शब्द लेख्दा ‘स’ को माथि थोप्लो नै राखिएको थिएन । त्यसैले पनि यस पटक चाँही संसद सचिवालयले उपलब्ध गराएको लोगो नै प्रयोगमा ल्याउन कडाइका साथ पत्राचार गरिएको छ ।

पत्राचारपछि तीन सय ५० थान लोगो फिर्ता गरी नयाँ बनाउने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्