हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति – Janadesh Daily | ePaper

हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति


वासिङ्टन:

संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।

अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।

कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । रासस-एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्