खुल्यो: रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ – Janadesh Daily | ePaper

खुल्यो: रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ


काठमाडौं:

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर(आईपीओ)को विक्री आजदेखि खुला भएको छ ।

कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला भएको हो । कम्पनीको भदौ ४ गतेदेखि प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता बिक्रीका लागि खुला भएको हो ।

कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्