एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु – Janadesh Daily | ePaper

एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु


चन्द्रप्रकाश नेपाली:

दाङ । गुडिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एक जनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहीनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीकी ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिएकाछन्।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेको जनाईएको छ । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीको अनुमान छ । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्