जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति – Janadesh Daily | ePaper

जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति


जुम्ला,

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो । डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महङ्गो तिरेर पढ्न बाध्य थिए । अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि यहाँ निकै उत्साह देखिएको छ ।

कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्