प्युठानका एक कोरोना बिरामीको मृत्यु – Janadesh Daily | ePaper

प्युठानका एक कोरोना बिरामीको मृत्यु


झिमरुक :

प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताएकाछन् ।

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँ मधुमेह र र रक्तचापका बिरामी हुनुहुन्थ्यो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्