क्रिकेट खेलाडीको कोरोना बीमा गरिने – Janadesh Daily | ePaper

क्रिकेट खेलाडीको कोरोना बीमा गरिने


काठमाडौँ,


राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।” सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ ।

अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । “सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ”, प्याकुरेलले भन्नुभयो । क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्