हराउँदै तीजको मौलिकता – Janadesh Daily | ePaper

हराउँदै तीजको मौलिकता


तानसेन:

हरितालिका महिलाले दुःख पीडा र गुनासालाई व्यक्त गर्ने पर्वका रुपमा मानिन्छ । विभिन्न टोलका महिला जम्मा भएर र छोरीचेलीलाई निम्तो दिएर चौतारी, चौर तथा घरका आँगनमा नाच्दै वेदना पोख्ने पर्व पछिल्लो समय भने फेरिँदै भएको छ । तीजका पुराना भाकाको ठाउँ आधुनिक गीतले लिएको छ ।

छोरी भएकै कारण गरिने विभेद, गाउँमा हुने घटना, सासूबुहारीका गुनासा, श्रीमान्श्रीमतीका व्यवहार, भगवान्का नामका गीत, माइतीले नबोलाएका कुरा र भाउजूबुहारीले हेला गरेका कुरा समेटी गाउँमा भेला भएर गाउने तीज गीतका भाका आजभोलि बजारमा रेकर्ड भएका विभिन्न खाले गीतले नै विस्थापन गरिदिएको छ ।

यस वर्ष भने कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा यसको सङ्क्रमण रोक्न पनि घरमै तीज मनाउन भनिएको छ । यस वर्ष कोरोनालाई जित्न सके तीज पर्व आउने सालमा मनाउन पाइने महिला बताउँछन् ।

नजीकका चेलीबेटी दर खान पुगे पनि टाढाका छोरीचेली माइती आउन पाएका छैनन् । घरमै परिवारसँगै गीत बजाएर नाचेका भिडियो भने सामाजिक सञ्जालमा धेरै देखिन्छन् ।

केही वर्षयता पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थल रामपुर नगरपालिका उपत्यका आसपासमा दैनिकजसो तीजगीत प्रतियोगिता भए पनि यस वर्ष भने रोकिएको छ । गाउँमा गाइने तीजभाका प्रतियोगितामा गाएको मात्रै सुन्न पाइए पनि यस वर्ष भने सङ्क्रमणको समय भएकाले रोेकिएको छ । सरकारले घरमै रमाउन भनेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय पाल्पाले यही भदौ ५ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा पनि जारी गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्