टोखाले नगर प्रहरी राख्ने – Janadesh Daily | ePaper

टोखाले नगर प्रहरी राख्ने


काठमाडौँ,

टोखा नगरपालिकाले नगर प्रहरी राख्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाको सुरक्षाका लागि नगरप्रहरी भर्ना गर्न लागेको हो । कानून निर्माण गरिसकेकाले नगर प्रहरी भर्नाका लागि सूचना समेत जारी गरिसकिएको छ ।

उपप्रमुख ज्ञानमायाँ डङ्गोलले नगरपालिकाको सुरक्षाका लागि १७ नगरप्रहरीका लागि आवेदन खुला गरेको जानकारी दिनुभयो । “१७ मध्ये एक सहायक पाँचौ, एक सहायक चौँथो, १० प्रहरी जवान र पाँच महिला नगरप्रहरी जवान रहनेछन्”, उहाँले भन्नुभयो । विस २०७८ असार मसान्तसम्म करारमा नियुक्त गर्न लागेको टोखाले नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्