पीसीआर मेशिन खरिद गर्न रु.सात लाख सहयोग – Janadesh Daily | ePaper

पीसीआर मेशिन खरिद गर्न रु.सात लाख सहयोग


मोहम्मद सदरुल:

विराटनगर । कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न विराटनगर महानगरपालिकालाई यहाँका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले रु सात लाख सहयोग गर्नुभएको छ ।

समाजसेवी राउतले आज उक्त रकमको चेक विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तानान्तरण गर्नुभयो । यसअघि पनि उहाँले प्रदेश नं १ को सरकारलाई पीसीआर मेसिन खरिद गर्नका लागि रु। ११ लाख प्रदान गरिसक्नुभएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी राउतले यहाँका विभिन्न स्थानीय तहमा पनि सहयोग गर्दै आएको बताइएको छ ।

प्रदेश नं १ मा आजसम्म एक हजार २२४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७५ हजार ६१८ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्