गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप – Janadesh Daily | ePaper

गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप


रामेछाप:

उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि उहाँलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले खाली चेकमा दस्तखत गराउने प्रयास गरेको अभियोग लगाइएको छ ।

त्यहाँबाट उम्किएका भनिएका घिसिङले प्रहरीमा जाहेरी दिनुभएको थियो । सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि आज १० दिनकै म्याद थपिएको छ ।

दुवै जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्