लागूऔषध गाँजासहित दुई पक्राउ – Janadesh Daily | ePaper

लागूऔषध गाँजासहित दुई पक्राउ


कास्की:

प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा आरोपित विकले चलाई ल्याएको ग५प ५८७९नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० ग्राम र सोधपुछको क्रममा विकको कोठाबाट एक किलो ४४० ग्रामसहित एक हजार ४६० ग्राम गाँजा, मोबाईल थान दुई र मोटरसाइकल नियन्त्रणमा लिएको प्रनाउ हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीवितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्