मिल बगाउदा लाखौँको क्षति – Janadesh Daily | ePaper

मिल बगाउदा लाखौँको क्षति


जनादेश घोराही:

रोल्पामा बाढिले पानी मिल सहित किराना पसल बगाउदा लाखौँ मुल्य बराबरको क्षति भएको छ । त्रिबेणी गाउँपालिका ५ नयाँ बस्ति बस्ने खिमलाल बुढाको दिर्घायु पानी मिल बगाउँदा १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्थानिय चौकी खोलामा आएको बाढीले मिल बगाएको हो । यस्तैगरी थवाङ गाउँपालिका ३ सिलवाङ स्थित ओमबहादुर बुढाको किराना पसल पहिराले पुर्दा ७० हजार मुल्य बराबरको क्षति भएको छ ।

प्रहरीले दिएको विवरण अनुसार रोल्पाका विभिन्न स्थानमा पहिरोले घर बगाएको छ । रोल्पा नगरपालिका ८ नम्ली स्थितमा उपस्वास्थ्य चौकीको भवन, सोहि ठाउँको सुनौलो आमा समुहको भवन र सोहि समुह मार्फत सन्चालित मिलमा पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ ।

साथै सोहि ठाउँका रुपा वलीको २ तले घर भत्किएको प्रहरीले बताएको छ । भवन, मिल र घर भत्किदा झन्डै दश लाख बराबरको क्षति भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्