देशभर थपिए ६३४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३१ हजार नाघ्यो – Janadesh Daily | ePaper

देशभर थपिए ६३४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३१ हजार नाघ्यो


जनादेश काठमाडौँ:

पछिल्लो चौविस घण्टामा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ५१९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६३४जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्