काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १७ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।