अध्यक्षद्वयले बुझे कार्यदलको प्रतिवेदन – Janadesh Daily | ePaper

अध्यक्षद्वयले बुझे कार्यदलको प्रतिवेदन


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी आन्तरिक विवाद समाधानार्थ गठित कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष द्वयलाई संयुक्त रुपमा बुझाएको छ । कार्यदलले एक साता लगाएर तयार गरेको उक्त प्रतिवेदन शनिबार नै अध्यक्षद्वयलाई हातमा पारिएको छ ।

अन्तरिक विवाद समाधानार्थ गठित कार्यदल आफैमा पनि निकै जोखिमका साथ कामलाई अघि बढाउँदै आएको थियो । प्रतिवेदनलाई अन्तिम रुप दिन कार्यदल शनिबार नै झण्डै आठ घण्टा बैठक बसेर टुंगोमा पुगेको थियो । कार्यदलले अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा उक्त प्रतिवेदन हस्तान्तरण गरेपछि अब साँच्चै नै पार्टी आन्तरिक विवाद हल हुने भएको कार्यकर्तामाझ छलफल चलेको देखिन्छ ।

बुझाइएको उक्त प्रतिवेदनमा विवादको मुख्य चुरो रहेको कार्यविभाजनलाई स्पष्ट रुपमा किटान गरिएको छ । प्रतिवेदन अनुसार अध्यक्ष केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने कुरा उल्लेख भएको छ ।

पार्टी स्थायी समिति बैठक नै आआफ्ना गुट र लबिका बस्न थालेपछि पार्टी एकतालाई जोगाउन हस्ताक्षर अभियान सञ्चालन गर्दै, दबाब सिर्जना गर्दै गर्दा गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्